|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको बताएका छन्। नेकपा भरतपुरको कार्यक्रममा प्रचण्डले नेपाली भूमिलाई भारतले जबरजस्ती आफ्नो देशको नक्सामा राखेको बताएका हुन्।

प्रचण्डले भारतले नेपाल भूभाग आफ्नो नक्सामा समेटेर राष्ट्रिय चुनौति दिएको बताए। ‘हामीलाई भारतले जबरजस्त रूपमा राष्ट्रिय चुनौति दिएको छ। यसलाई सबै मिलेर अवसरका रूपमा लिएर सकारात्मक परिणाम निकाल्नुपर्छ,’ उनले भने

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए। सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ।

‘खुसीको कुरा यो छ कि अहिले सबै दल एक छन्, बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ’ प्रचण्डले भने। प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रूपमा लिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.