|
फाइल तस्विर

बाँके : पाटेबाघको आक्रमणमा परि बाँकेमा फेरि एक महिलाको मृत्यु भएको छ। पाटेबाघको आक्रमणमा परि राप्तीसोनारी गाउँपालिका–८, बालापुरकी ६० वर्षीया ठगी खड्काको मंगलबार दिउँसो मृत्यु भएको हो।

राप्तीसोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरि छातीको भाग खाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए।

उनी बिहान ९ बजे जंगलमा घाँस काट्न गएको उनका श्रीमान् तिलक खड्काले बताएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान अगाडि बढाएको शाहीले बताए।

पाटेबाघको आक्रमणमा परि २४ कात्तिकमा पनि एक महिलाको ज्यान गएको थियो। कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतलाई पाटेबाघले आक्रमण गरि ज्यान लिएको थियो। दिउँसो ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने łपरेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटेबाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर-१३, नयाँबस्तीका स्थानीय नीरकबहादुर शाहीले बताए। २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा पाँचजनाको मृत्यु भइसकेको छ। बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.