|

दाङ : दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका ४ अर्नहवा निवासी ३० बर्षीय मोहमद रफिक राइमको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ५ स्थित सुनखोली नजिकै मुुसलमानलाई ट्रकले ठक्कर दिएको थियो।

गम्भीर घाइते मुसलमानलाई स्थानीय अस्पतालको उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर पुर्‍याइएकोमा त्यही मृत्यु भएको प्रहरीले बताएको छ।

लु २ ख १३७६ नम्वरको ट्रकले मंगलबार विहान ८ बजेतिर ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.