|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालले वन्यजन्तु संरक्षणमा गरेको उपलब्धि विश्वकै लागि उदाहरणीय भएको बताएका छन्। चितवनको सौराहामा ‘नवौँ विश्व रेन्जर सम्मेलन’ को उद्घाटन गर्दै प्रचण्डले नेपालले वन्यजन्तु संरक्षण विश्वकै लागि उदाहरणीय कार्य गरेको बताएका हुन्।

प्रचण्डले संरक्षणको क्षेत्रमा नेपालमा अझ धेरै चुनौति रहेको उल्लेख गरेका छन्। उनले वन्यजन्तु संरक्षणमा सरकार छिटै नयाँ रणनीतिसहित अगाडि बढ्ने बताए। प्रचण्डले वन, वन्यजन्तु र वातावरण संरक्षणमा नेपालले विश्वलाई उदाहरण पेस गरेको भन्दै यसमा रेन्जरहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले नेपालले शून्य चोरी शिकारी वर्ष मनाएर संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

अन्तर्रा्ष्ट्रिय रेन्जर महासंघ र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा मंगलबारदेखि सौराहामा नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलन नेपालमै पहिलोपटक सौराहामा सुरु भएको छ।

यसअघि आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो। सन् १९९५ मा पोल्याण्डबाट सुरु भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन/तीन वर्षमा हुँदै आएको छ। सम्मेलन ३० कात्तिकसम्म चल्नेछ।

सम्मेलनमा नेपालसहित ७२ देशका ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। जसमध्ये अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना प्रतिनिधि सहभागि भएको सम्मेलन आयोजक समितिका संयोजक एवं वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.