|
प्रतीकात्मक फोटो

बारा : बारामा बैंकका एक कर्मचारी लुटिएका छन्। फेटा गाउँपालिका २ जगतपुर टोलमा रकम संकलन फर्कने क्रममा मंगलबार बिहान साढे ११ बजे बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्का लुटिएका हुन्।

दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका दुई जनाले रोकेर ब्याग लुटेर लगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जीतसिंह राठौरका अनुसार ब्यागमा रहेको ४ लाख ८२ हजार लुटेर लगेको खड्काले प्रहरीलाई बताए।

हतियारसहित आएका बन्दुकधारीले मोटरसाइकल रोकेर सोधपुछ गरि हातपात गरेर ब्याग लुटेर भारततर्फ भाग्ने क्रममा एक राउण्ड गोलीसमेत फायर गरेको खड्कालाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए।

लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ प्रवक्ता राठौरले भने, ‘शंकास्पद व्यक्तिहरूको खोजी कार्य भइरहेको छ।’

लुटेराले नकापसमेत नलगाएको पाइएको छ। घटनास्थल भारतीय सिमानाबाट ४ किलो मिटर दूरीमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.