|
फाइल तस्विर

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गरे। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो समस्या समाधानका गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि स्पष्ट पार।

उनले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले सो जिम्मेवारी पूरा गर्ने हुन वा होइनन् भन्ने कुरा नियाली रहेको पनि बताए। सीमासम्बन्धी सो समस्या समाधानका लागि सरकारलाई सबै खालको सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि प्रवक्ता शर्माको भनाई छ।

‘राष्ट्रिय एकता निर्माण भएको यो ऐतिहासिक कालखण्डमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखी उच्चस्तरको कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.