|

दोहा : झापाका बोनम्यारो रोगबाट पीडित निर्मला दाहाललाई ओमनबाट आर्थिक सहयोग गरिएको छ। ओमनको दक्षिणी शहर सललाहमा कार्यरत नेपालीले उनको  जीवनरक्षाको लागि संयुक्त रूपमा ४ सय २० ओमनी रियल नेपाली १ लाख २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

गैरआवासीय नेपाली सोसल क्लब क्षेत्रीय समन्वय परिषद सललाहका पूर्वअध्यक्ष टीकाप्रसाद दाहाल, सचिव सुकबहादुर थामी, प्रवक्ता गीता थापा, सदस्य कुमारी राई, समाजसेवी हरिकला भण्डारी सुनुवार, झलेन्द्र दाहाल र नेपाल मगर संघ क्षेत्रीय समिति सहितको सक्रियतामा संकलन भएको रकम नेपाल पठाइए हो।

दाहालको भित्री हड्डीको बोनम्यारो सुकेर शरीरबाट रगतको मात्रा उत्पन्न नहुने र त्यसको प्रत्यारोपण गर्नको लागि आर्थिक अभाव भएकोले पीडितका आफन्तले आर्थिक सहयोग गर्न सामाजिक सञ्जालमार्फद अपिल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.