|

काठमाडौं : नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्षपछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापनलगायत विषयमा अध्ययन सुरु गरेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो। सोही आधारमा मन्त्रालयले योजना तयार गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.