|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी लगिएको छ। डा. केसीलाई डडेल्धुराबाट एम्बुलेन्समा राखेर धनगढी लगिएको हो।

बुधबार दिउँसो २ बजेपछि केसीलाई धनगढी लगिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. तिजेन्द्र कँडेलले जानकारी दिए। उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालतर्फ लगिएको हो।

डा. केसीले नौ दिनको दिन मंगलबार अनशन स्थगित गरेका थिए। भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गर्दै डा. केसीले १७औं अनशन स्थगित गरेका थिए।

अनशनका कारण उनको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ। उक्त समस्याको थप उपचारका लागि डा. केसीलाई धनगढी लगिएको बताइएको छ।

धनगढी जानुअघि डा.केसीले सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गरेका थिए। भाइ किशोरसँगै केसी दर्शन गर्न उग्रतारा पुगेका थिए। धनगढीमा आवश्यक उपचारपछि मात्र उनी काठमाडौं फर्कने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.