|

कपिलवस्तु :  कपिलवस्तुको शिवराज नगरपालिका-१० लालपुरमा वडाध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ। यही मंसिर १४ गते हुने उपनिर्वाचनमा बुधबार १२ जनाले मनोनयन दर्ता गराएको मुख्य उपनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेद्वारी दिनेमा ५ जना स्वतन्त्र उम्मेदवार छन्। वडा नं. १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्‍जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी छ।

यस्तै स्वतन्त्र उम्मेद्वारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ। मनोनय दर्ताको गर्दै नेकपाका उम्मेदवार अदालत मनिहारले आफ्नो जित सुनिश्चित रहेको बताए।

विकास र समृद्धिका लागि नेकपालाई वडावासीले मत दिने उनले विश्वास व्यक्त गरे। नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले जित सुनिश्चित भएको जनाउँदै डिसेम्बर १ मा विजयी र्‍यालीमा सहभागी हुन अनुरोध गरे।

यता, समाजवादी पार्टिका तीर्थबहादुर रायमाझीले वडावासीको विकासका लागि आफूलाई जनताले भोट दिने दाबी गरेका छन्। समग्र विकासका लागि वडावासीले आफूलाई मत दिएर विजयी गराउने राजपाका मञ्‍जु मिश्रले विश्वास व्यक्त गरिन्। वडा नं. १० को निर्वाचनमा बुधबार अपराह्‍न मनोनय पत्र दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन सम्पन्न भएको छ।

उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनयपत्र र उजुरीउपर जाचबुझ र मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन कात्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कात्तिक ३० गते, उम्मेदवारलाई निर्वाचन चिह्‍न प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको छ।

कार्यालयले मतदानपश्चात मतगणना, नतिजा घोषणा, विजेता घोषणा लगायतको काम गर्ने जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.