राजनीति

राष्ट्रिय युवा संघले छान्यो जिल्ला संयोजक र सह-संयोजक (पूर्ण विवरण)

३० गते केन्द्रीय समिति बैठक र मंसिर १ मा राष्ट्रिय भेला

कात्तिक २७, २०७६

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ। संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा बक्तव्य जारी गरी सो जानकारी दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो। लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन। दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए।

    ती दुई जिल्लाका संयोजक पछि तोकिने जानकारी राष्ट्रिय युवा संघ नेपालका एक नेताले दिए। संघले काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङलाई तोकेको छ। त्यस्तै चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेले पाएका छन्।

    ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा तोकिएका छन्। त्यसैगरी मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नविन पौडेलले पाएका छन्। त्यस्तै कैलाली संयोजक साविकको युवा संघ नेपालका राजु बम तोकिएका छन्। 

    ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। 

    त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]