|

बारा :  वीरगञ्ज–कलैया सडक अन्तरगत बाराको मोतिसर कोइरियाटोला चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका ३ भवानीपुरका २६ वर्षिय बिनोद साह रहेका छन्। वीरगञ्जबाट कलैया फर्किने क्रममा ना ७ त २६६ नम्बरको ट्याक्टरले बिहान ५ बजे उनी सवार ना ३ प ५१३७ मोटरसाईकललाई ठक्कर दिएको बारा प्रहरीले जनाएको छ।

ठक्करबाट साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक फरार रहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।

लडेर मृत्यु

बाराको करैयामाई गाउँपालिका ५ तेतरिया टोलका १८ वर्षीय शिवनाथ चौधरीको पुलबाट लडेर मृत्यु भएको छ। गाउँमा पूर्णिमाको अवसरमा लागेका माईको मेला हेरेर घर फर्किने क्रममा अत्यधिक मदिरा सेवन गरेका चौधरी गाउँकै सरेही खोलाको पुलबाट लडेका थिए।

स्थानीयले खोलामा चौधरीको शव देखेपपछि प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणकालाई कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.