|

काठमाडौं:  बंगलादेशमा आजदेखि एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट शुरु भएको छ। 

बंगलादेशको क्रिरा शिख्खा मैदानमा केहिबेरमा शुरु हुने खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले भारतविरुद्ध ब्याटिङ गर्दै छ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेलले राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन्।

नेपालको तर्फबाट ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुशन भारी, आरिफ शेख, र कुशल भुर्तेलले खेल्ने भएका हुन्। कुल आठ टोली सहभागी प्रतियोगितामा पारस खड्का र सन्दीप लामिछाने छैनन्।  आजै हुने अन्य खेलमा बंगलादेशले हङकङसँग खेल्दा श्रीलंका र ओमान भिड्दै छन् भने पाकिस्तान र अफगानिस्तानबीचको खेल पनि आजै हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.