|

मनाङ : हिमालपारीको जिल्ला मनाङमा मिलारेपा  गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ। 

मिलारेपाको सम्झनामा माथिल्लो मनाङमा निर्माण गरिएको गुम्बासहितको स्मृति पार्कको स्मृति पार्कको मनाङ गाउँपालिका प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले आफ्नै जग्गामा निर्माण गरेका हुन्। 

स्थानीय लामा बुद्धिजिवीका अनुसार मिलारेपा अर्थात लामा गुरु योगीको रुपमा हिमाली क्षेत्रमा परापूर्वकालमा ध्यान गर्थे। मिलारेपाले परापूर्वकालदेखि तपस्या गर्दै आएको स्थान मनाङको भ्राका  स्याकुङ्ग ९ हाल ङिस्याङ गाउँपालिका–५ मा मिलारेपा गुफा समेत रहेको छ। सो स्थान धार्मिक तीर्थ स्थलको रुपमा निकै परिचित छ।

सो स्थानमा धेरै धार्मिक पर्यटकलगायत अन्य पर्यटकहरु समेत पुग्ने गर्छन्। यस स्थानमा जान वृद्धवृद्धाका लागि कठिनाइ हुने भएकाले सबैको सहजताका लागि स्थानीय लामा छोजे लामा फुन्छोक रिन्पोछेको एक प्रयासमा माथिल्लो मनाङमै मिलारेपा स्मृति पार्क निर्माण गरिएको हो। 

गुम्बासहित निर्माण गरिएको पार्कमा मिलारेपा लामा गुरुको सम्पूर्ण इतिहास थाहा पाउन सकिने लामा फुन्छोक रिन्पोछेले जानकारी दिए। पार्कमा मिलारेपा लामा गुरुको ४ भाषा तिब्बेतीयन, नेपाली, अंग्रेजी र चाइनिज मा इतिहाससँगै जीवनीबारे बुझ्न सकिने समेत उनले बताए।

विश्व विख्यात अन्नपूर्ण पदमार्गमा पर्ने माथिल्लो मनाङमा वार्षिक हजारौँ अन्तरिक र बाह्य पर्यटक भित्रिन्छन्।्। यहाँ आउने पर्यटकका लागि पनि यो स्मृति पार्क आकर्षणको माध्यम बन्न सक्ने स्थानीय समाजसेवी विनोद गुरुङले बताए। स्मृति पार्क निर्माण कार्यको समन्वय भने स्थानीय पर्यटक व्यवसायी छिरिङ ओङ्गमा घलेले गरेकी हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.