|

गुल्मी : बागलुङ  जिल्लाको गल्कोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जंगलमा कात्तिक १६ गते  दुई बालबालिकासहित तीनवटा शव फेला परेको हत्याको घटनामा संलग्न भएको आशंकामा दुईजना पक्राउ परेका छन्। प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार पक्राउ परेका हुन्। घटनामा संलग्न एकजना फरार छन्। सुनार काका भतिजा भएको खुलेको छ।

हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते दुई बालिकासहित एक महिलाको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो। मृतक तीनै जनाको अझै पहिचान खुलेको छैन।

पक्राउ परेकाको प्रारम्भिक बयानमा उनीहरु कानेपोखरी गाउँपालिका–३ कानेपोखरी मोरङका रहेको जानकारी खुलेको छ। पक्राउ परेकालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले पक्राउ परेका दुवै जनालाई गुल्मी ल्याएपछि थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.