|

मुगु : मुगु जिल्लामा रारा मात्रै छैन, पूर्वी करान भेगमा पर्ने अपर मुगु पनि छ। यहाँमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान अपर मुगु पनि हो।

मुगुकाम कामारोगां गाउँपालिकामा पर्ने अपर मुगुमा लामा समुदायको बाहुल्यता छ। यहाँ जनजाति, आदिवासीको रहनसहन, भाषा,  कला-संस्कृति, स्थानीय उत्पादनका परिकार, धार्मिक तथा परम्परागत शैलीका घर छन्। यस्ता पर्यटकीय स्थान भए पनि यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलले भने पर्यटक पर्खी बसेका छन्।

अपर मुगुका चाँदीझैँ टल्किने हिमाल, चिटिम गुम्बा, वन्यजन्तु, तामाखानी, छिर्ने गुफाजस्ता रमणीय स्थानको अवलोकन गर्न पाइन्छ।

सदरमुकाम गमगढीदेखि अपर मुगु पुग्न पैदल मार्गबाट करिब दुई दिन लाग्छ। मुगु कर्णाली नदीको किनारैकिनार भएर मुगु गाउँ पुग्न सकिन्छ।  मुगुकाम कामारोगं गाउँपालिकामा होमस्टेको व्यवस्थापनसँगै स्थानीय परिकार खाना पाउनुका साथै घुम्न जानेलाई बीच बाटोमा प्रयाप्त होमस्टे र होटलको व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.