|

काठमाडौंः काठमाडौं महानगरपालिका-१८ मा शनिबार “भिंतुना सनिल- ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” को आयोजना गर्ने भएको छ।

वडाभित्रका सबै नागरिक सहभागी गराएर महोत्सव गर्न लागिएको हो। बिहीबार वडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले महोत्सवबाट मूर्त तथा अमूर्त सांस्कृतिक सम्पत्तिको प्रस्तुति गर्नुको साथै र नेपाल पर्यटन वर्षलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए।

'हामीले यस प्रकारका कार्यक्रम विगत वर्षदेखि नै गर्दै आएका छौं।' पहिलो वर्षमा नेटपाचोमा सम्पन्न गरिएको महोत्सव दोश्रो वर्षमा भुरुङ्गखेल आयोजना गरिएको थियो। यस वर्ष किलागलदेखि नरदेवीसम्मको सडकमा महोत्सव चल्नेछ' उनले भने 'अर्को वर्ष भने अर्कै स्थानमा गरिनेछ।' 

महोत्सव शनिबार बिहान ८ बजेबाट शुभारम्भ हुने उनले बताए। त्यस अवसरमा किलागलमा वडाले आर्थिक वर्ष २०७५/७६ को बजेटवाट पुनर्निर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा डाँछी इँटाको पर्खाल र मूर्ति भण्डारण गर्ने कोठालगायत संरचनाको उद्घाटन गरिने उनको भनाइ छ। त्यसपछि वडाबाट प्रशिक्षण पाएका प्रशिक्षार्थीले तयार पारेका हस्तकलाका सरसामान र खाना तथा खाजाका स्टल राखिनेछन्। यसरी राखिने खाद्यवस्तुमा नेवार समुदायभित्र विशेष पर्व तिथि तथा समयमा खाइने खाद्य परिकार समावेश हुनेछन्। 

उनका अनुसार महोत्सवमा सम्पदाहर"का संरक्षक गुठीहर"ले मौलिक बाजा प्रदर्शन, बाद्य शैली तथा नृत्य प्रस्तुत गर्नेछन्। परम्परागत ङत त्वाः, किलाघः त्वाः, त्यंग त्वाः, त्यंग कुमा खलः र ङत तुलाधर समितिको संस्थागत सहभागिता हुनेछ। 'वडामा बसोबास गर्ने कलाकारहरूलाई पनि प्रस्तुतिका लागि आग्रह गरेका छौँ,' उनले भने 'नाम आउने क्रम जारी छ।'

वडाध्यक्षले महर्जनले महोत्सव सञ्चालनका लागि वडासँगै महानगरको सम्पदा तथा पर्यटन विभागमार्फत खर्च हुने रकम पनि मिलाइने बताए। कार्यक्रमको व्यवस्थापन किलाघः त्वाः र किलाघः त्वाः मिसा पुचःले गर्ने छन्। कार्यक्रमलाई गति दिन किलाघः टोल सुधार समिति स्वयंसेवक खटाउने भएको छ। कार्यक्रमलाई सिभिल बैंक, सिद्धार्थ बैंक र नेपाः व्याङ्क्वेटले सहयोग गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.