|
फाइल तस्बिर

धनगढी : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनु पर्नेमा जोड दिए।

बिहीबार धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताए।

सभापति देउवाले मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरू सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे।

कांग्रेसको भ्रातृ संस्था तथा शुभेच्छुक संघ संस्थाहरूको निर्वाचनका बारेमा पूर्वप्रधानमन्त्री देउवाले संघ संस्थाहरूको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.