|

कार्तिक २८, चितवन : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले चितवनको भरतपुर महानगरपालिकामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेको छ। बोर्डले बिहीबार १ लाख ५१ हजार रुपैयाँ क्रिकेट रंगशाला निर्माणमा सहयोग गरेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले संयुक्त रूपमा उक्त रकमको चेक धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेका थिए।  निर्देशक दाहालले कर्मचारी र बोर्डबाट गरी जम्मा एक लाख ५१ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरेको बताए।

कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले क्रिकेट रंगशाला निर्माणमा खुलेर सकेको सहयोग गर्न सबैसँग आग्रह गरिन्। सहयोग रकमको चेक लिँदै धुर्मुसले विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको बताए। उनले रंगशाला निर्माणका लागी ठूलो परिमाणमा आर्थिक आवश्यक पर्ने भएकाले सकेको सहयोग गर्न सबै नेपालीसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.