|

काठमाडौं : एसियन क्रिकेट काउन्सिल इमर्जिङ टिम्स कपमा नेपाल पहिलो खेलमै पराजित भएको छ। समूह 'ए' को खेलमा नेपाल बिहीबार भारतसँग ७ विकेटले पराजित भयो।

बंगलादेशको साभारमा भएको खेलमा नेपालले दिएको १ सय ९४ रनको विजयी लक्ष्य भारतीय टोलीले ४८ बल बाँकी छँदै ३ विकेट खर्चेर भेटायो। भारतका शानवीर सिंहले ५६ रन बनाउँदा अरमान जाफरले अविजित ५१ रन जोडे। करण केसी, ललित राजवंशी र सुशन भारीले एकएक विकेट खसाले।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल ४४ ओभर ५ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भयो। पवन शर्राफले अर्धसतकीय योगदान दिए। ४९ बलको सामना गरेका पवनले २ छक्का र ७ चौकाको मद्दतमा ५६ रन बनाए।

यस्तैगरी, शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्रसिंह ऐरीले २४ रन बनाउँदा करण केसी २० रनमा आउट भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.