|

काठमाडौं : गायक संगीतकार रोज मोक्तानको नयाँ लोकपप गीत 'तरुनी'को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोजकै शब्द, संगीत र आवाजमा तयार भएको गीत 'तरुनी'मा राजन इशानको संगीत संयोजन रहेको छ।

यो गीतमा लोकलयमा बोलिने शब्द र संगीतको प्रयोग गरिएको गायक मोक्तानले बताए। गीतको भिडियोमा रोज, निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाइबाको निर्देशन रहेको छ। 

रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रवेश गरेका थिए। ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन्।

उनले झमझम स्टकोट…, कलकत्ते काइयो…, झिम्काइ देउ परेली…, हेलम्बुको बजारमा.., हिउँ पर्‍यो फुरुरु…, रातो रातो गाला..., आँखाको रमझम…, यानी माया…,लगायत करिब पाँच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.