|

इलाम : थाहाखबर डटकमका इलाम संवाददाता नमीन ढकाललाई महेश कार्की स्मृति माईभ्याली खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। 

पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै माईभ्याली फुटबल क्लबले नगद १५ हजार रुपैयाँको पुरस्का प्रदान गरेको हो। क्लबको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा ढकाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

सवारी दुर्घटनामा निधन भएक क्लबका सदस्य महेश कार्कीको स्मृतिमा २०७३ सालदेखि इलाम जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ। यसअघि विप्लव भट्टराई र भीम चापागाई उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.