|

काठमाडौं : २०२२ कतार विश्वकपको एसिया छनोटको दोस्रो चरणको प्रतिष्पर्धा जारी छ। नेपालको समुहमा रहेको कुवेतले आफ्नो प्रभावशाली प्रदर्शन गरेको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा कुवेतले चाईनिच ताईपेलाई ९-० को प्रभावशाली जित निकाल्यो।

समूह चरणको पहिलो खेलमा नेपाललाई ७-० ले पराजित गर्दै कुवेतले प्रभावशाली जित निकालेको थियो। ताईपेविरुद्धको प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाइदी र फासल अल अजेमीले एक-एक गोल गरे। 

कुवेतले एक गोल आत्मघाती उपहार पायो ताईपेका चेन वेई चुअनले आत्माघाती गोल गरेका थिए। जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ।

यस्तै, बिहीबार रातिनै भएको खेलमा एसियाली पावर हाउस अष्ट्रेलियाले जोर्डनविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्यो । अडाम टागर्टले १३ औं मिनेटमा गरेको गोल अष्ट्रेलियाको जितका लागि निर्णायक बन्यो।

जितसँगै अस्ट्रेलियाले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण जाने सम्भावना बलियो बनाएको छ। समूह बीमा सहभागी ५ टिमले पहिलो चरणको ४ खेल खेलेका छन्। शतप्रतिशत जित निकालेको अस्ट्रेलिया १२ अंक सहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान ७ अंक छ। गोल अन्तरका आधारमा कुवेत दोस्रो स्थानमा रहेको छ। चौंथो स्थानमा रहेको नेपालको ३ अंक छ। अंक विहिन ताईपे पुछारमा छ। मंसिर ३ गते नेपालले आफ्नो पहिलो घरेलु प्रतिष्पर्धाका रुपमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ। खेल भुटानको चाम्लिमिथाङ रंगशालामा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.