बयान फेर्न पटक पटक धम्की र प्रलोभन

|

रौतहट : रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भइ इँटा भट्टामा जिउँदै हालेर जलाइएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको बताएका छन्। 

छोरालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनका बुवा श्रीनारायण सिंहले यस्तो बताएका हुन्। 

‘इँटा भट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो’, अदालतमा परिसरमा उनले भने, ‘अब भारतको बनारसमा गएर छोराको काजकिरिया गर्छु।’

बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको बम विष्फोटमा सामान्य घाइते त्रिलोकसहित २३ जनालाई जिउँदै भट्टामा हालेर मारेको अभियोग लागेको थियो। 

आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम त्यतिबेला रौतहट–२ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए। तत्कालीन राजपुरफरहदवा गाविस–४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए। 

 

शेख इद्रिस नेकाका पुराना नेता हुन् जसको निधन भइसकेको छ। पूर्वमन्त्री समेत रहेका इद्रिश वि.सं २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद भएका थिए ।

आफताव आलम इद्रिसको परिवार सदस्य भएकाले जिल्लामा राम्रो पकड बनाउँदै आएका मानिस हुन । बम विष्फोटको घटना सार्वजनिक हुने डरले संसद आलमले सहयोगीसँग मिलेर घाइतेहरुलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले अदातलमा बयान दिएका थिए।

पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार आलमकै नजिकका मानिस शेख भदैईले नारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घरमा लगेका थिए । 

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा-४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तरलाई इँटा भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई पक्राउ गरिएको हो । उक्त घटनामा केही भारतीय नागरिकलाईसमेत जलाइएको अनुमान सिंहको छ।

सम्बन्धित समाचार :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.