|

जाजरकोट : बलात्कार गरेको आरोपमा जाजरकोटका एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

स्थानीय एक अधवैसे महिलालाई बलात्कार गरेको आरोपमा भेरी नगरपालिका २ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक चक्रबहादुर थापा पक्राउ परेका हुन्।

पीडित महिलाको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशर कार्कीले बताए। शुक्रबार नै जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ।

जिल्ला न्यायाधीश देवकुमार गिरीले यस्तो आदेश दिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.