|

काठमाडौं : गोरखाका १६ स्थानीय तहका प्रतिनिधि युनाइटेड नेशन्स् डेभलोप्मेन्ट प्रोग्राम (युएनडिपी)का तर्फबाट भारतको परिचयात्मक भ्रमण गरेका छन्।

'भुज भूकम्प पुनर्निर्माण अनुभव' बाट सिक्ने उद्देश्यले प्रतिनिधिका लागि युएनडिपीको साझेदारको रूपमा रहेको वनर ड्रिभन रिकन्स्ट्रक्‍न कोलाब्रेटिभ अफ इन्डिया (ओडिआरसी)ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो। भ्रमणमा गोरखाका २ नगरपालिकाका मेयर/उपमेयर तथा ६ गाउँपालिकाका वडा अध्यक्ष/उपाध्यक्ष उक्त भ्रमणमा सहभागी रहेको छ।

भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरूसँग प्रतिनिधिहरूले भेटघाट गर्नुका साथै भुज भूकम्पपश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरूको अवलोकन गर्ने कार्यक्रम छ। दिल्लीमा प्रतिनिधिहरूले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरूबारे विस्तृत जानकारी लिने कार्यक्रम तय गरिएको छ।

गोरखा जिल्लाको २६ हजार ९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ। नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्तरूप दिन युएनडिपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक-प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.