|

काठमाडौं : काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले नौ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। 

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बिजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ।

राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ छ करोड ३५ लाख ६३ हजार राजश्व चुहावट गरेको विभागले जनाएको छ।

यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.