|
प्रतीकात्मक फोटो

सल्यान : मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जाजरकोट जिल्ला भेरी नगरपालिका-९ बानिया टोल बस्नेत १९ वर्षीय दिनेश खड्कालाई पक्राउ गरेको हो।

नाबालकसहित एक महिलालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा बेचेको आरोपमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 निज खड्कालाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला अदातलबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.