|

काठमाडौं : पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशिको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो।

हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक रहेका उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए। इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो।

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरूले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारलाई आग्रह गरे।

प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

सो पुरस्कारबाट सम्मानित हुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.