|

बाजुरा : बाजुराको आलुले स्थानीय स्तरमा बजार नपाएरपछि पोखरा र काठमाडौंका शहरमा लगिएको छ। बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेमा उत्पादन भएको १ सय क्विन्टल आलु काठमाडौ र ४० क्विन्टल  पोखरा लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए।

विषादीरहीत अर्गानिक आलु कृषि फ्रेस प्रालिले काठमाडौं र एग्रो मायट कम्पनीले पोखरा लगेको हो। प्रतिकेजी ३० रुपैयाँका दरले खरिद गरेर बाजुराबाट लगेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। पहिलोपटकमा थोरै गए पनि उत्पादनलाई बढवा दिई आगामी दिनमा पनि नेपालका ठूला शहरमा यहाँ उत्पाद भएको आलु पठाउने योजना रहेको अध्यक्ष पाध्यायले बताए।

अहिले व्यापारीलाई विषादीरहीत अर्गानिक भनेर कृषि ज्ञान केन्द्र बाजुराले पत्रदिएर लगेको छ। आलु प्रवर्द्धन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा बाजुरामा पहिलोपटक आलु महोत्सव भएको थियो। बडिमालिका नगरपालिका ७ ढम्कनेमा पहिलो पटक महोत्सव भएको हो।

महोत्सवमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहरकारीमन्त्री विनिता चौधरीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आत्मनिर्भर बनाउदै प्रदेशलाई कृषिबाट नै समृद्ध बनाउने बताइन्। प्रदेशका अधिकांश स्थानीयहरू कृषिमा आश्रित भएकाले आगाम्री दिनमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता साथ लैजाने प्रदेश सरकार लागेको बताइन्। तीन तहको सरकारले विकास निर्माणको कार्यमा गति लिन थालेको उनको भनाइ रहेको थियो। संघ, प्रदेश र स्थानीय सरकारले भौतिक तथा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास कार्यमा गति लिएको जानकारी गराएकी थिइन्।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक बाजुरा जिल्लामा आलु मेला भएकाले अहिले यो विषयले निकै चर्चा लिएको छ। कृषि क्षेत्रको विकासका लागि र बाजुराको आलुको बजारका लागि मेला नै आयोजना गरी प्रचारप्रसार गर्नु सकरात्मक भएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यलय प्रमुख गोविन्द्र सिजापतिले बताएका छन्। कृषि ज्ञान केन्द्रले आलुको बजारीकरण गर्नका लागि सहयोग गरिरहेको सिजापतीले बताए।

गत महिना मात्र कृषि ज्ञान केन्द्रको पहलमा बाजुराको स्याउ काठमाडौं र धनगढीका बजारमा पठाइएको थियो। बाजुराको खप्तड छेडेदह गाउँपालिका, त्रिबेणी नगरपालिका, बुढिन्नदा नगरपालिका र बडिमालिका नगरपालिका केही क्षेत्र आलु पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।   

कात्तिकमा कोदो, मकै, आलु, फापर, मुलालगायतका बाली भित्र्याउने काम सकिसकेपछि केही स्थानमा मकै बाली लगाए पनि अधिकांश क्षेत्रमा भने फागुनमा आलु खेती गरिन्छ। गहुँ बाली केही मात्रामा लगाउने गरेको भए पनि उपलब्धि शून्य हुने भएकाले स्थानीय कृषकले आलु उत्पादनमा जोड दिएको बडिमालिका नगरपालिका-७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.