|

कञ्चनपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको बताएका छन्।

नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई शुक्रबार राति महेन्द्रनगरमा सम्बोधन गर्दै देउवाले भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा देखाए पनि त्यो भूमि नेपालको भएकोे दाबी गरेका छन्। नेपाल–भारतीबीच सीमा विवाद सरकारले वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा उनको जोड छ। 

‘लिपुलेक, कालापानी नेपालको हो। यसमा दुई मत छैन्,’ उनले भने, ‘सरकारले दुवै देशसँग छिटोभन्दा छिटो वार्ता गर्नुपर्छ।’

सीमा विवाद समाधान गर्न नेपाली कांग्रेसले पहल गरिरहेको सभापति देउवाले दाबी गरे। ‘महाकाली सन्धि म प्रधानमन्त्री भएको समयमा भएको थियो,’ उनले भने, ‘त्यो सन्धिअनुसार महाकाली नदी सीमा नदी हो, सन्धिमा नदीको पानी आधा नेपालको र आधा भारतको हुने उल्लेख छ। त्यो सन्धि भारतले कार्यान्वयन गर्नुपर्छ।’

यस्तै, कांग्रेस नेता एनपी साउदले सरकारमा रहिरहनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानीबारे बोल्न आरोप लगाए। राष्ट्रियताका पक्षमा अहिलेको सरकारले आवाज उठाउन नसकेको उनको दाबी छ। 

‘लिपुलेक, कालापानी नेपालको भूमि हो,’ नेता साउदले भने, ‘तर, नेकपाको सरकारले आफ्नो भूमिलाई समेत हाम्रो हो भन्न सकिरहेको छैन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.