|

बाँके : प्रतिबन्धित पाँच औँले जडिबुटीसहित कोहलपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कोहलपुर नगरपालिका ११, लोकनगरबाट तीन किलो ७३० ग्राम पाँच औँले जडिबुटीसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए। 

उनकाअनुसार, पचाल झरना गाउँपालिका ५ कालिकोटका ४६ वर्षीय अग्र बम, हिम गाउँपालिका ६, जुम्लाका ३६ वर्षीय हेम अधिकारी र कोहलपुर नगरपालिका ११ का ५४ वर्षीय विश्वबहादुर शाही पक्राउ परेका छन्।

प्रदेश ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरो, दाङ र इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको शाहीले बताए।

गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित जडिबुटी बरामद भएको उनले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कोहलपुरमा राखिएको डिएसपी शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.