|

पाँचथर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए। 

कांग्रेसले पाँचथरको फाल्गुनन्द १ स्थित नवमीडाँडा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए। 

'कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ', वरिष्ठ नेता पौडेलले भने, 'कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ।' 

वरिष्ठ नेता पौडेलले अब मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरे। उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरूले नै आचारसंहिता उल्लंघन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरे। 

पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताहरूले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.