|

दाङ: दाङमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। पश्चिम दाङको बबई र शान्तिनगर गाउँपालिका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका १ का ३० वर्षीय  प्रकाश बुढा मगर पक्राउ परेका हुन्। उनी विप्लव समूहको सेक्सन अध्यक्ष रहेको प्रहरीले जनाइएको छ। उनलाई शुक्रबार साँझ एक्लै स्थानीय स्तरमै हिडिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।

यस्तै बबई गाउँपालिका ५ बबपुर का ३२ वर्षीय निमबहादुर डाँगी (रक्तिम) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए।

डाँगी गाउँपालिकाको इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ। उनलाई प्रदेश ३, ०२००७ प १२०४ नम्वरको जिक्सर मोटरसाइकलमा सवार गरिरहेकै बेला शनिबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.