|
प्रतीकात्मक फोटो

भद्रपुर : गीत बजाउने क्रममा करेन्ट लाग्दा शनिबार झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका-४ बेलैतीबारीस्थित नयाँटोल बस्ने राजकुमार कोचको ११ वर्षीय छोरा चेतन कोच रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरमा कोही नभएको बेला बिजुली बोर्डको मेन लाइनबाट हुक लगाई गीत बजाउने क्रममा बालक चेतनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका चेतनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.