|

काठमाडौं :  निर्वाचन आयोगले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ४८ पदका लागि २ सय ८२ उम्मेदवारको मनोनयन दर्ता भएकोमा ९ उम्मेदवारले नाम फिर्ता लिएपछि २ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तह गरी ३७ जिल्लाका ५२ स्थानमा उप निर्वाचन हुन लागेको हो। यस अघि नै प्रतिनिधी सभा र प्रदेश सभाका लागि ६४ जनाको अन्तिम नामावली प्रकाशन गरिसकेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.