भारतलाई झट्का, चीनका लागि उत्साह

|

एजेन्सी : श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजापक्षेका भाइ गोतबया राजपक्षे नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी सजीत प्रेमदासाविरुद्ध निर्णायक अग्रता बनाएसँगै राष्ट्रपति हुने पक्का गरेका हुन्। तर निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ। 

निर्वाचन आयोगका अधिकारीका अनुसार यो पटक करिब ८० प्रतिशत मतगणना भएको छ। जसमा राजापक्षेलाई ४८ प्रतिशत भन्दा धेरै जनताले समर्थन दिएका छन्। प्रेमदसाको पक्षमा ४५ प्रतिशत मत खसेको जनाइएको छ। 

यस निर्वाचनमा बहालवाला राष्ट्रपति मैत्रिपाला सिरिसेनाले नउठ्ने निर्णय लिएका थिए। उनको श्रीलंका फ्रिडम पार्टीले यस चुनावमा राजपक्षेलाई समर्थन गरेको थियो।

गोतबया राजपक्षे श्रीलंकाका पूर्व राष्ट्रपति र तथा वर्तमा विपक्षी दलका नेता नेता महिन्दा राजपक्षेका कान्छा भाइ हुन्। युद्धकालिन समयका रक्षा प्रमुख गोताबायाले जित्ने पक्का भइसकेको श्रीलंकन चुनाव आयोगले जनाएको छ। 

राजापाक्षे स्वयम्ले निर्वाचन जितेको उद्घोष गरिसकेका छन्। उनका प्रमुख प्रतिस्पर्धी सजित प्रेमदसाले हार स्वीकार गरिसकेका छन्। राजापाक्षले ५३ देखि ५४ प्रतिशत ल्याएर राष्ट्रपति हुने बताइएको छ। प्रेमदसाले हार स्वीकारेर राजापाक्षलाई सातौँ राष्ट्रपतिका लागि बधाई दिइसकेका छन्। 

भारत निराश, चीन खुसी

केही जानकारहरुले राजपक्षेको चुनावी जीत चीनका लागि ठुलो खुसीको खबर हो भने भारतका लागि दक्षिण एसियामा अर्को झट्का। महिन्दा राजपक्षे १० वर्ष सत्तामा रहँदा चीनले श्रीलंकामा अर्बौँ डलर लगानी गरेको थियो। राजापाक्षे सन् २०१५ सम्म श्रीलंकाको सत्तमा थिए। 

भारतको दबाबबी महिन्दा राजपक्षेले चीनबाट अर्बौँ डलर ऋण लिएका थिए। आफ्नो मुख्य बन्दरगाहका द्वार चिनिया पनडुब्बीका लागि खोलिदिएका थिए। उनले चीनसँग मिलेर एक विशाल बन्दरगाह निर्माण गरेका छन्। यसका कारण चीनको ऋणमा श्रीलंका डुब्ने चर्चा पनि भएको थियो।

भारतका सामरिक मामिलाका जानकार ब्रह्म चेलानीले युवा राजपक्षे राष्ट्रपति बनेपछि भारतलाई केही मुस्किल भने पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.