|

भद्रपुर : देशमा सीमा विवाद बल्झिएको बेला नेपालको होचो भूभाग कचनकवल गाउँपालिका घुम्न गएका पाँच जना विदेशी नागरिकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

नेपालको भिसा बनाएर घुम्न आएका पाँचजना युक्रेनी नागरिक कचनकवल गाउँपालिकासँग जोडिएको भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको कादोगाउँ सीमा क्षेत्र घुम्दै गरेको अवस्थामा भारतीय एसएसबीले नियन्त्रणमा लिएको हो।

केचना–कादोगाउँ सीमा नाका नजिकै नेपाल–भारतको ११९ नम्बर सीमा पिलर पर्छ। एसएसबी १९ नम्बर बटालियन सुखानीको टोलीले नियन्त्रणमा लिएका युक्रेनी नागरिकहरू मारियाना रुडीक, ब्लादिमीर कोवालचक, लिलिया कोवालचक, ओलेकासन्दर काप्टजेन र इवान सिक रहेको जनाइएको छ। उनीहरूको उमेर २६ देखि ३५ वर्षसम्मको हो। कचनकवल घुम्न पुगेका उनीहरू घुम्दाघुम्दै नेपालको सीमा छाडेर सय मिटरभित्र भारतीय भूमिमा प्रवेश गरेका थिए।

भारत प्रवेश गरेका उनीहरूलाई एसएसबीले सोधपुछको क्रममा भारतको भिसा देखाउन भनेका थिए। तर, उनीहरूसँग नेपाल आएको भिसा मात्र रहेकोले आवश्यक कारबाहीका लागि किशनगञ्ज कारागार चलान गरिसकेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए। विदेश अधिनियम १९४६ धारा १४ नम्बर अन्तर्गत उनीहरूलाई कारबाही हुने भारतीय प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.