|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बजारमा कफीको माग र आकर्षण अनुसार नेपालमा उत्पादन हुन नसकेको बताए।

आइतबार गुल्मीको सदमुकाम तम्घासमा आयोजित गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाललगायत विदेशमा पनि गुल्मीको कफी मागअनुसार उत्पादन गर्न नसक्नु दुखद भएको भन्दै किसानलाई प्रेरित गरी सामुहिक रुपमा कफी खेतीमा लाग्न आग्रह गरे। किसानलाई प्रेरित गरि सामुहिक कफी खेतीमा लाग्न आग्रह गरेका छन्।

बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भए पनि सोचे अनुरुप व्यवसायिक रुपमा जान नसकेकोमा चिन्ता व्यक्त गरे। उनले पहिले बजार नभएका कारण कफीका बिरुवा काटेर फ्याक्ने गरेको भन्दै अब किसानलाई जति धेरै उत्पादन गरे पनि बजारको समस्या नहुने बताए।

मन्त्री ज्ञवालीले भने, 'जति सक्यो त्यति उत्पादन गर्नुहोस्। बजारमा कुनै समस्या हुँदैन त्यसको जिम्मा राज्यले लिन्छ।' अब गुल्मीको कफीलाई अन्तर्राष्ट्रिय स्तरसँग प्रतिष्पर्धा गर्नु पर्ने भएकाले सामुहिक रुपमा फर्महरूको माध्यमबाट कफी उत्पादन व्यवसायिक करण गर्न आग्रह गरे।

कृषि अव आधुनिकरण र व्यवसायिकता नगएसम्म उत्पादनलाई बृद्धि गर्न नसकिने ज्ञवालीको भनाई छ। कृषिमा राज्यले उच्च प्रथामिकत दिएको भन्दै अनुदानका कार्यक्रमलाई व्यवसायिक करण गरिने ज्ञवालीले दाबी गरे। 

कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी नेपालमा मात्र नभई बिदेशमा समेत गुल्मीको कफीको चर्चा हुने गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने गरी समुहिक कफी खेतीमा लाग्न आग्रह गरिन्। उनले राज्यले कृषिमा यान्त्रीकरण गरी व्यवसायिकतामा जोड दिएको भन्दै ढुक्क भएर कृषिमा लाग्न आग्रह गरिन्।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले कृषिमा राज्यले सहुलियत र अनुदानको विशेष व्यवस्था गरेकाले युवालाई विदेश नगई नेपालमै व्यवसायिक कृषिमा लाग्न आग्रह गरे। उनले कफीको उदगमस्थल गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस मनाउन पाउनु गौरवको विषय भएको बताए। 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’ भन्ने नाराका साथ कफी दिवस जिल्ला सदरमुकाम तम्घासमा मनाइएको हो। 

नेपालमै कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै केन्द्रीय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए। 

दिवसको अवसरमा उत्कृष्ट कफी कृषकलाई पुरस्कृत एवं सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.