ब्याटिङ अर्डरले पारसलाई घाटा

|

युएईमा जारी टी-१० लिग क्रिकेटमा नेपालका पूर्वकप्तान पारस खड्का आवद्ध टिम आवुधाबी विजयी भएको छ। आवुधाबीस्थित शेख जायद मैदानमा आइतबार साँझ सम्पन्न खेलमा टिम आवुधाबीले नर्थन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो।

नर्थन वारियर्सले दिएको ९३ रनको लक्ष्य टिम आवुधाबीले चार विकेटको क्षतिमा नौ बल बाँकी छँदा भेट्टायो। टिम आवुधाबीको जीतमा लुक राइटले ४८ र कप्तान मोइन अलीले ३० रनको योगदान दिए। निरोशन डिकवेल्लाले ८ बनाउँदा लेविस ग्रेगोरी डकआउट भए। पारस खड्का र एलेक्स डेभिस समान एक/एक रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नर्थन वारियर्सले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ९२ रन बनाएको थियो। नर्थन वारियर्सका कम्तान डारियन सामी १७ रन बनाएर पभेलियल फर्किएका थिए। साम विलिंग्स ३५ र आन्द्रे रसेल ३७ रनमा अविजित रहे।

आवुधाबीका तर्फबाट एक मात्र विकेट बेन लाफ्लिनले लिएका थिए। यसअघि क्वालान्डर्सविरुद्धको खेलमा भने पारसको टिम आवुधावीले अंक बाँडेको थियो। शुक्रबार उक्त खेलमा पारसले डेब्यु गरेका थिए।

युएई क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगितामा भारतीय कम्पनीको लगानीमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। प्रतियोगिता २४ नोभेम्बरसम्म चल्नेछ।

ब्याटिङ अर्डरले पारसलाई घाटा

टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा पारस टी–१० मा छनोट भएका हुन्। तर, टिम आवुधाबीका कप्तान मोइन अलीले भने पारसलाई छैठौँ नम्बरमा मात्र ब्याटिङमा पठाउने गरेका छन्। आइतबारको खेलमा जितका लागि ११ बलमा २ रन चाहिएको अवस्थामा मात्र पारसको व्याटिङ गर्ने पालो आयो। उनले एक बल मात्र सामना गर्न पाए।

अत्यन्तै छोटो स्वरूपको टी–१० क्रिकेटमा छैठौँ नम्बरको खेलाडी व्याटिङ गर्न मैदान उत्रिए पनि केही बल मात्र खेल्ने अवसर पाउँछ। शुक्रबार क्वालान्डर्सविरुद्धको खेलमा पनि पारसले तीन बल मात्र खेल्ने मौका पाए।

तीन बलमा उनले अविजित तीन रन बनाएका थिए। अहिलेसम्मका दुई खेलमा उनले जम्मा चार बल फेस गर्न पाएका छन्। पारस १० हजार डलरमा आवुधाबीमा अनुबन्धित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.