|

जुम्ला : जुम्लावासीका लागि भरपर्दो यातायातका साधन हवाई जहाज भए पनि सर्वसाधरणले टिकट नपाएको गुनासो गरेका छन्।

विमानस्थल सुरक्षा समितिको बैठकले जो पहिले आउँछ उसले नै टिकट पाउने निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयन नभएको सर्वसाधरणको गुनासो छ। यस विमानस्थलमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको सर्वसाधरणको आरोप छ। सर्वसाधरणले एउटा टिकट पाउन हप्तौँ विमानस्थल धाउनुपर्ने बाध्यता छ।

विमानस्थलमा टिकट नपाउनु मात्रै होइन, कर्मचारीको पनि व्यवहार पनि राम्रो नभएको यात्रु जगदीश खत्रीले बताए। ‘जुम्लाको हवाई यातायातमा सिण्डिकेट आफ्नै प्रकारको रहेछ,’ खत्रीले बताए, ‘विमानस्थलमा सर्वसाधारणले भोग्नु परेका समस्या निराकरणका लागि न स्थानीय प्रशासन जागरुक छ, न नागरिक उड्डययन प्राधिकरण नै। प्राधिकरणलाई समेत निजी विमान कम्पनीका कर्मचारीले टेडेको पाइँदैन।’

विमान कम्पनीका कर्मचारीले आफ्ना नातेदार र पहुँचवालाका लागि मात्र टिकट राख्ने गरेको यात्रुहरुको गुनोसो छ। यहाँ आउँदा रिटर्न टिकट लिइएको देखिँदैन्, तर फर्कँदा रिटर्न टिकट देखाउने गरेको छन्। साताको दुई पटक आउने नेपाल एयरलाइन्सको जहाज पनि एक दिन मात्र फ्लाइट गर्ने गरेको छ। 

विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंह निजी विमान कम्पनीका कर्मचारले अटेर गरिरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.