|

भद्रपुर, (झापा) : खोला करको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ बस्ने १७ वर्षीय सुमन सुन्दास, सोही ठाउँ बस्ने १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सन्जु तामाङ, २२ वर्षीय हर्कराज राई र २० वर्षीय दिप्सन नेपाल  रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका ५ टिमाई खोलानजिक मेचीनगर-९ र बुद्धशान्ति ५ को सीमा क्षेत्रमा पर्ने गिट्टी बालुवा उठाउने कर शुल्कको विषयमा वादविवाद भई झगडा हुँदा उनीहरूले तीन जनामाथि  खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट बुद्धशान्ति ५ बस्ने ३५ वर्षीय रामकुमार थारू घाइते भएका छन्। खुकुरी प्रहार गर्ने मेचीनगर ९ बस्ने ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङ फरार भएकोले उनीहरूको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.