|

चेक गणतन्क्रका पूर्व-विश्व नम्बर चार खेलाडी टोमस बर्डिचले टेनिस खेलजिवनबाट सन्न्यास घोषणा गरेका छन्। बर्डिचले आफ्नो करिअरमा १३ एटीपी सिंगल्स टाइटलको उपाधि जितेका छन्। उनले ट्वीट गर्दे आफ्नो सन्न्यासको घोषणा गरेका हुन्।

बर्डिचले २०१० मा विम्बल्डनको फाइनलमा स्थान बनाएका थिए। तर उनी स्पेनिस राफेल नाडालसँग पराजित भएका थिए। उनले यो प्रतियोगितामा रोजर फेडररलाई क्वाटरफाइनलमा हराएर सनसनि मच्चाएका थिए। त्यसपछि उनले नोभाक जोकोभिकलार्य सेमिफानलमा पराजित गर्दे विश्व स्टारलाई निरास बनाएका थिए।

बर्डिचले २००२  र २००३ मा डेविस कप जित्ने चेक गणतन्त्र टीमको कप्तानी पनि गरेका थिए। यो वर्ष युएस ओपनका रुपमा उनले आफनो अन्तिम ब्यबसायिक खेल खेलेका थिए। उनी उक्त खेल पछि उनले आफूले अन्तिम प्रतियोगिता जित्नका लागि धेरै मिहिनेत गरेको थिँए तर जुन नतिजा आयो। त्यसको सबैलाई जानकारी छ।

उनले भने ‘पछिल्लो १५–२० वर्ष धेरै चुनौतीपुर्ण रह्यो। यस्तोमा अब मलाई मेरो आफ्नै लागि र परिवारका लागि समय आबश्यक भएको महसुस गरेको छु।
त्यसैले अब मसँग पर्याप्त समय रहने महसुस गरेको छु।’ उनल थपे ‘बच्चादेखीने खेल मेरो जिन्दगी बन्यो। जो अहिले सम्म पनि कायम छ। जसलाई म कहिले पनि भुल्न सक्दिनँ।  करिअरको अन्तिमसमय बर्डिच निरन्तर चोटसँग जुध्‍न पुगेका थिए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.