|

काठमाडौं : एसिसी इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १३९ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कमजोर स्कोरमा आफूलाई सीमित गर्दा बंगलादेशले सहज लक्ष्य प्राप्त गर्‍यो।

पूरै ओभर खेल्न असफल भएको नेपाली टिम ४४ ओभर ३ बलमा अलआउट हुँदे १३८ रनमा समेटिएको छ। नेपालका लागि सर्वाधिक स्कोरका रुपमा सोमपाल कामीले ३८ रन बनाए। यसअघि दुई खेलमा डकआउट भएका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार आफूलाई केहि संयमित बनाउँदै २७ बलमा २२ रन बनाएका थिए।

त्यस्तै करण केसीले १८ रन बनाउँदा ओपनर कुशल भुर्तेलले १० रन तथा आरिफ सेखले ११ रनको दोहोरो अंकको स्कोर बनाए। नेपालका ६ ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन असफल भएका थिए।

नेपाललाई कमजोर स्कोरमानै समेट्ने क्रममा बंगलादेशका सुमन खान र मिनहजुल अवेदिन अफ्रिदीले समान ३÷३ विकेट लिए। त्यस्तै तन्भीर इस्लाम र मेहेदी हसनले समान २–२ विकेट लिएका थिए।

बंगलादेश केहि समयपछि ब्याटिङका लागि क्रिजमा आउने छ। नेपालले यसअघि भारतसँग पराजित हुँदा हङकङसँग भने जित आत्मासाथ गर्न सकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.