क्षेत्रीय व्यापार सहजीकरणमा छलफल हुने

|

काठमाडौं : सातौँ संस्करणको नेपाल पावर समिट २०१९ मा क्षेत्रीय ऊर्जा व्यापार सहजीकरणमा छलफल गरिने भएको छ। 

मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना हुन लागेको समिटमा नेपाल, भारत, बंगलादेश र भुटानबीचको ऊर्जा व्यापार सहजीकरण छलफल नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि सम्झौता गर्ने लगायतका कार्यक्रममा राखिएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपानका) अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। 

आगामी वर्षदेखि नेपालमा उत्पादित बिजुली खेर जाने अवस्था रहेको र विद्युत् निर्यातमा सहजीकरण नभइसकेको अवस्थामा यस विषयमा छलफल गरिन थालिएको उनको भनाई छ।  

यस समिटमा ७ सय भन्दा धेरैको सहभागिता रहने छ। त्यसमध्ये छिमेकी देश चीन भारत बंगलादेशबाट ठूलो मात्रामा उपस्थिति रहने इपानले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्‍घाटन तयारी गरिएको समिटमा नियमक निकायका प्रतिनिधिका साथै यस क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञहरू पनि बोलाइएको इपान उपाध्यक्ष कुमार पाण्डेले बताए।

कार्यक्रममा १० वटा सत्रमा छलफल गरिने कार्यक्रमा ७० भन्दा बढी प्रतिनिधिले आफ्नो धारणा राख्ने जनाइएको छ। इपानको

तथ्यांकअनुसार निजी क्षेत्रबाट अहिलेसम्म पाँच हजार ५०० आयोजना निर्माण तथा पूर्व निर्माणको चरणमा छन्। १८ हजार क्षमताका आयोजना निर्माणमा जान थालेको अवस्थामा सुनिश्‍चित बजार खोज्‍नुपर्ने दबाब छ।

इपान अध्यक्ष गुरागाईँले नेपालको उत्पादित बिजुलीको बजार सुनिश्‍चितताको लागि सम्वन्धित देशको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउन आश्‍यक भएको बताए।

'हाम्रो बजार भारत वा बंगलादेश हो भने त्यस क्षेत्रमा बाट ऊर्जामा लगानी बढाउन पर्छ तबमात्रै आफूले उत्पादन गरेको बिजुली लैजानको लागि नीतिगत सहजीकरण हुनेछ', गुरागाईँले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.