|

काठमाडौं : एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकाको सावर रंगशालामा नेपाल आज बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।

योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ । भारत र हङकङ्गवीचको जारी खेलले नेपालको सेमिफाइनल समिकरण तय गर्नेछ। 

हङकङ्गले भारतलाई पराजित गरेमात्र नेट रन रेटका आधारमा नेपालको सेमिफाईनल पुग्ने सम्भावना रहन्छ । नेपाललाई हराएको घरेलु टोली बंगलादेश भने समूह चरणको ३ वटै खेल जितेर ६ अंकसहीत समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

नेपालले दिएको १ सय ३८ रनको चुनौती बंगलादेशले २४ ओभरमा मात्र २ विकेट खर्चेर सहजै पार गर्यो । कप्तान नाज्मुल हुसेन शान्तोले अविजित ५९ रन बनाउँदा मोहम्मद नइमले ४५ रन जोडे। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.