काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरूसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।
नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको दाबी छ।
‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालको भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’
वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ।
उनले मुलुकमा लुट मच्चाउनेहरुको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।