|

डोटी : खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। निकुञ्जभित्र रहेका वन्यजन्तुले मध्यवर्ती क्षेत्रमा आएर ७ परिवारमा क्षति पुर्‍याएको थियो।  राहत प्राप्त गर्नेमध्य ५ चितुवा र २ जना भालुको कारणबाट रहेको कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए।

राहत पाउनेहरूमा पुर्बिचौकी वडा नं. ५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोहि गाउपालिकाका ३ न गैरागाउँका  पदमे ठकुल्ला सायल

गाउँपालिका  वडा नं. ४ डौडका मान बहादुर बोगटी साफेबगर नगरपालिका १४ अछामका नबराज खडका खप्तड छान्ना गाउँपालिका बझाङ दान बहादुर चौहानलाई राहत वितरण गरिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका कार्यालय प्रमुख राजु घिमिरेले जानकारी दिए।

प्रुमख घिमिरेले भने, ‘हामीले ७ परिवारलाई ४  लाख ३५ हजार रकम हस्तान्तरण गरेका छौँ। हाम्रो राष्ट्रिय निकुञ्जभित्र रहेका बन्यजन्तु खासगरी चितुवा, बदेँल र भालु मध्यवर्ती क्षेत्रमा आएर स्थानीयलाई दुःख दिने गरेका छन्।’

पीडित परिवारलाई खप्तड राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख र मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रशाद उपाध्यायले राहत रकम हस्तान्तरण गरेका हुन्। खप्तड राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रका नागरिक वन्यजन्तुको प्रत्येक वर्ष आक्रमणमा पर्ने गरेका छन। 

०७६ श्राबण १६ गतेदेखि असोज १ गते सम्म आक्रमणमा परेका व्‍यक्तिलाई राहत तथा उपचारस्वरूप रकम  प्रदान गरिएको हो। राहत प्राप्त भएपछि थोरै भए पनि सहयोग महशुस भएको पीडित परिवारले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.