|

संखुवासभा : प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्। 

बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक विकासमन्त्री घिमिरेले प्रदेशको नाम सहमतिमै घोषणा हुन लागेको बताएका हुन्। उनले नामाकरणका विषयमा धेरै नाम आए पनि सर्वसम्मत चयन हुने बताए। मन्त्री घिमिरेले भने, 'हिउँदे अधिवेशनको पहिलो काम नै नामाकरण घोषणा गर्ने हुन सक्छ।'

प्रदेशको नामाकरणको घोषणा गर्न विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलको सहमति जुटिसकेका कारण हिउँदे अधिवेशनको पहिलो बैठकले नै घोषणा गर्ने दाबी गरे। तर मन्त्री घिमिरेले कुन नाममा सहमति जुट्यो भन्ने खुलाउन चाहेनन्। उनले सर्वसम्मत ढंगले नामाकरण टुंगो लगाउनु पर्ने भएका कारण ढिला भएको पनि बताए।उनले अव हिउँदे अधिवेशनले घोषणा गर्न तयारी भइरहेको बताए।

मन्त्री घिमिरेले हामीले सत्ता पक्षको मात्र नभइ विपक्षीको पनि मतलाई कदर गर्नुपर्ने भएकाले प्रदेशको नाम र स्थायी राजधानी केही ढिला भएको स्वीकार गरे। मन्त्री घिमिरेले जिल्ला अस्पताल खाँदबारीको समेत अनुगमन गरे।

प्रदेश सरकारको सहयोगबाट उपकरण खरिद तथा अस्पताल मर्मत गरिएको थियो। मन्त्री घिमिरेले पहिलेको खाँदबारी अस्पतालबारेमा सकारात्मक परिर्वतन पाएको पनि बताए। उनले भने,'समायोजनले कर्मचारी व्यवस्थापनमा थोरै समस्या भइरहेका छ। अब चाँडै समस्याको हल गरिने छ।' 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.