|

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकार गम्भीर नभए संघर्ष गरेरै कालापानीबाट भारतीय सेनालाई हटाउने बताएका छन्।

जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनले भारतीय नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउन सरकार अझै गम्भीर नबेनेको आरोप लगाएका हुन्। सरकारलाई गम्भीर बन्न आग्रह गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त संघर्षको आवश्यकता रहेको बताए।

उनले भने, ‘सरकार गम्भीर नबने कालापानीबाट सशक्त संघर्ष गर्ने सोचका साथ अगाडि बढेका छौं। संघर्षबाट कालापानीबाट भारतीय सेनालाई हटाउँछौं।’ उनले सरकार भारतीय नक्साको विषयमा सर्वपक्षी भेला राखेपनि सबै दललाई नबोलाएकोमा आपत्तिसमेत जनाए।

एक फरक प्रसंगमा महासचिव किरणले संविधानमा आमूल परिवर्तन गर्नुपर्नेसमेत बताए। उनले भने, ‘पहिचानसहितको संघीयताको पक्षमा हामीले आन्दोलन गरेका थियौं। मधेसी मोर्चाले पनि त्यही आवाज उठायो। तर त्यो पाउन सकिएन।’ उनले संविधान संशोधन गराउनसमेत संघर्षको आवश्यकता रहेको औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.